२०८१ बैशाख ८ गते शनिवार

फेब्रुअरीमा सामसुङको ग्यालेक्सी एस १०

सन् २०१९ मा बजारमा ल्याउने आफ्नो नयाँ फ्लागशीप स्मार्टफोनको तयारी सामसुङले गरिरहेको छ । पछिल्ला केही हप्ता यता सामसुङ ग्यालेक्सी एस १० का विषयमा लगातार विभिन्न खाले समाचारहरु आइरहेका छन् ।

सामसुङले आगामी फेब्रुअरी महिनामा हुने मोबाइल वर्ल्ड कंग्रेसको आसपासमा आफ्ना ग्यालेक्सी टेन सिरिजका नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको बताइन्छ । सो अवसरमा ग्यालेक्सी एस टेन, एस टेन प्लस तथा एस टेन लाइट गरी तिनथरी स्मार्टफोन सामसुङले ल्याउने भन्दै ती फोन लञ्च हुने मिति र फोनका स्पेशिफिकेसन्सका बारेमा पनि समाचार आएका छन् ।

Gizmodo UK को एक रिपोर्ट अनुसार सामसुङ ग्यालेक्सी एस टेन सिरिजका स्मार्टफोन फेब्रुअरी १० मा लञ्च हुनेछ । लञ्च लगत्तै स्मार्टफोनको प्रिअर्डर पनि सुरु हुनेछ र मार्च ८ देखि बजारमा बिक्रि सुरु हुने बताइएको छ ।

समाचारमा दाबी गरिए अनुसार सामसुङ ग्यालेक्सी एस टेनका तिनवटा भेरिएन्ट हुनेछन् । ग्यालेक्सी एस टेनको स्टाण्डर्ड भेरिएन्टमा sJ8 डिस्प्ले हुनेछ । तर एस टेन लाइट भने कम मूल्यको हुने र कव्र्ड डिस्प्ले रहनेछैन ।

ग्यालेक्सी एस टेनमा १२८ जिबी था ५१२ जिबी स्टोरेज गरी दुई भेरिएन्ट रहनेछन् । जसको मूल्य क्रमशः ७ सय ९९ युरो र ९ सय ९९ युरो रहनेछ । त्यस्तै ग्यालेक्सी एस टेन प्लसमा १२८ जिबी, ५१२ जिबी र १ टिबी गरी तिनवटा भेरिएन्ट रहने अनुमान गरिएको छ । जसको मूल्य क्रमशः ८९९, १०९९ र १३९९ युरो हुनेछ । त्यस्तै ग्यालेक्सी एस १० लाइटको १२८ जिबीको मूल्य ६६९ युरो हुने बताइएको छ ।

सामसुङ ग्यालेक्सी एस टेनमा ६.१ इन्चको sJ8 डिस्प्ले हुनेछ । त्यस्तै एस टेन प्लसमा ६.४ इन्च तथा एस टेन लाइटमा ५.८ इन्चको डिस्प्ले रहने बताइएको छ ।

एजेन्सी

प्रकाशित मिति : २०७५ पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *