२०८३ कार्तिक १५ गते शनिवार

सल्यानका दुई दुर्घटनामा परि ४ जनाको मृत्यु १८ जना घाइते


दाङ, कात्र्तिक १४ ।

शुक्रबार बेलुकी पख सल्यान भएका दुई फरक जिप दुर्घटनामा परि चार जनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका छन् ।

शुक्रबार राति पौने ९ बजेतिर जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ११ गरास्थित खलंगा–बालुवा संग्राही सडक खण्डमा चौर बाट बालुवा संग्राही तर्फ जाँदै गरेको रा १ च १७२३ नम्बरको डबल क्याप बोलेरो जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।
दु्र्घटनाका घाइते मध्य सुर्खेतको गर्भाकोट नगरपालिका –२ मालारानीका २५ बर्षीय पप्पु डाँगीको मृत्यु भएको छ । सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक ईश्वर रोकायाका अनुसार डाँगीको सुर्खेतथित मेहेलकुना अस्पतालमा उपचारका क्रममा शनिबार बिहान २ बजेतिर मृत्यु भएको थियो ।

यो दुर्घटनाका थप ११ जना घाइतेको बिभिन्न ठाउँका अस्पतालहरुमा उपचार भइ रहेको छ ।
गर्भाकोट नगरपालिका –२ मालारानीकी २२ बर्षीया पुनम बुढा र सोही ठाउँका १५ बर्षीय झलक डाँगीको सल्यान र सुर्खेतको उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगंजस्थित संजिवनी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था मध्यम रहेको छ ।

त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका –६ की ३२ बर्षीया निर्मला वली , गर्भाकोट नगरपालिका –२ मालारानीकी २५ बर्षीया हरिमाया वली र १८ बर्षीया समिक्षा वलीको सागर अस्पताल नेपालगंजमा उपचार भइरहेको छ । उनीहरुको अवस्थापनि मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गुर्भाकोट – २ मालारानीका १८ बर्षीय उत्तम डाँगी र २१ बर्षीया पिमकली डाँगीको माया नर्सिंङहोम अस्पताल सुर्खेतमा उपचार जारी छ । उनीहरुको अवस्थापनि मध्यम रहेको प्रहरीले जनाएको छ ।
एक जना गम्भीर घाइते मध्यका गुर्भाकोट – २ मालारानीका २३ बर्षीय अम्मरबहादुर घर्तीको आफन्त संग भने थप सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट पटक रहेका घर्तीलाई सल्यानबाट आफन्तले सुर्खेत लगेपनि त्यसपछि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै गुर्भाकोट – २ का १५ बर्षीय तिलक वली , २६ बर्षीय छितिज डाँगी र १२ बर्षीया पवित्रा डाँगी भने सुर्खेतमा उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।

शुक्रबार बेलुकी साढे ६ बजेतिर सल्यानको सिद्ध कुमाख गाउँपालिका – २ रातामाटे खोलास्थित भित्री कच्ची सडक खण्डमा श्रीनगरबाट टाकुरा गाँउ तर्फ जादै गरेको लु १ ज २३६८ नं।को जिप सडकबाट झन्डै १५० मिटर तल खोलामा खसी भएको दुर्घटना परि तीन जनाको मृत्यु भएको थियो ।
थप ७ जना घाइते भएका भएका थिए ।
सिद्ध कुमाख – २ की ४२ बर्षीया कृष्णी बस्नेत , ४५ बर्षीया सिता बिक र ४३ बर्षीय साउने रोकाको मृत्यु भएको थियो ।

जिल्ला अस्पताल खलंगामा सवा ८ बजेतिर चेकजाँच पछि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए ।

सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकायाका अनुसार दुर्घटनाका गम्भीर घाइतेहरु मध्य चार जनालाई सल्यान, बाँके पछि छिमेकी देश भारतको लखनउका लागि रिफर गरिएको छ ।
जस्मा सिद्ध कुमाख–२ का २४ बर्षीय देबबहादुर बिक, ५८ बर्षीया सुशिला चलाउने , सिद्ध कुमाख – ३ का १५ बर्षीय कमल बुढाथोकी र सिद्ध कुमाख – २ का १० बर्षीय युवराज परियार रहेका छन् । यी चार घाइतेलाई सल्यानस्थित कर्णाली केयर अस्पताल श्रीनगरको प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँकेको नेपालगँजस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा रिफर गरिएको थियो । त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारका लागि शनिबार बिहान साढे ६ बजेपछि चारै जनालाई लखनउका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइते मध्य सिद्ध कुमाख – ३ की ७ बर्षीया बिमला बुढाथोकी र सिद्ध कुमाख – २ का २२ बर्षीय दिपक रोकाको सोही सञ्जीवनी अस्पतालमा उपचार जारी छ ।
प्रहरी निरीक्षक रोकायाका अनुसार घाइते मध्य सिद्ध कुमाख – २ की १३ बर्षीया राधिका चलाउनेको भने शारदा मेट्रो अस्पताल श्रीनगर सल्यानमै उपचार भइ रहेको छ । उनको पनि टाउको, बाँया कान, ढाडमा चोट पटक लागेको छ ।
जिप चालक सिद्ध कुमाख – २ का ३८ बर्षीय तिलक चलाउनेलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो ।
चालक चलाउनेको अवस्था सामान्ने रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *