२०८३ कार्तिक १५ गते शनिवार

डोल्पाका ८ कैदी बन्दी कारागारको सुरुङ खनेर भागे

दाङ, कार्तिक १४ ।
जिल्ला कारागार डोल्पाका ८ जना कैदी बन्दी सुरुङ खनेर भागेका छन् ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले शनिबार बिहान हेर्दा कारागारका १७ जना कैदी बन्दी मध्य ८ जना सुरुङ खनेर भागेको अवस्था फेला परेको बताइन ।

जिल्लाका प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीका अनुसार ८ जना कैदीबन्दी सुत्ने ठाउँदेखि करिब ४ मिटर पर्खाल बाहिरसम्म सुरुङ खनेर भागेको देखिएको जानकारी दिए । जस्मा करिब ४ महिना पहिले चोरी मुद्दामा पक्राउ पछि पूर्पक्षका लागि थुनामा रहेका २ जना र थप ६ जना कैदी बन्दी थिए ।
जिल्लाका कारागार डोल्पाका कार्यालय प्रमुख जेलर दिर्घ आरसीले सुरुङ खनेर भागेका मध्य ५ जना बलात्कार मुद्दाका र ३ जना चोरी मुद्दाका रहेको बताए ।
जेलर आरसीका अनुसार कैदी बन्दीले सुत्ने कोठाबाट सौचालयको सेफ्टी ट्याङ्की सम्म र त्यसबाट बाहिर निस्कने गरि सुरुङ खनेको देखिएको जानकारी दिए ।
बिहान गणना गर्दा सबै कैदी फेला नपरेपछि उनीहरुको खोजी गर्दा सुरुङ खनेर भागेको अवस्था देखिएको उनले बताए ।

प्रहरी उनीहरुको खोज तलासमा खटिएको छ ।

भाग्ने को –को हुन ?

स्रोतका अनुसार रुकुम आठबिसकोट – १० का ३२ वर्षीय राम विक, सल्यानको कुमाख गाउँपालिका –५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका– १ का २५ वर्षीय यज्ञ विक, सोही जिल्लाको नलगाड नगरपालिका –९ का १९ वर्षीय कपिल परियार , डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –७ का २९ वर्षीय कालिप्रसाद रोकाय र त्रिपुरासुन्दरी –४ का २८ वर्षीय हरिबहादुर बुढा जिल्ला कारागारको सुरुङ खनेर भागेका छन् ।

त्यस्तै पछिल्लो चोरी मुद्दामा पूर्पक्षका लागि कारागार पठाइएका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका –३ का ३२ वर्षीय आदेश भण्डारी भागेका छन् ।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *