दाङ, कात्तिक १४ ।
सल्यानमा एक जना ब्यक्तिको शब फेला परेको छ ।
जिल्लाको दार्मा गाउँपालिका–३ फारुला बजारस्थित दोभान खोलामा शनिबार बिहान ३२ वर्षीय भुवन चन्द मृत अवस्थामा फेला परेका हुन ।
जिल्लाका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वरी रोकायले प्रहरी टोली घटनास्थलमा पुगेको तथा मुचुल्का तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको बताए ।
पछिल्लो बर्षापछि दोभान खोलाको बाढी आएको हुँदा चन्दको खोला तर्ने क्रममा बगेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
घटना बारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार
