२०७७ मङ्सिर १० गते बुधवार

नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक

मंसिर २० ।
नोकिया ब्राण्डको स्वामित्व लिएको एचएमडी ग्लोबल कम्पनीले नोकिया ८.१ स्मार्टफोन लञ्च गरेको छ । नोकिया एक्स सेभेन स्मार्टफोनको ग्लोबल भेरिएन्टको रुपमा यो स्मार्टफोन कम्पनीले ल्याएको हो ।

नोकिया ८.१ मा ४ जिबीको र्‍याम हुनेछ । यसको मुख्य विशेषता भनेको २० मेगापिक्सेलको सेल्फी क्यामेरा नै हो । यसका साथै यो स्मार्टफोनको ब्याट्री क्षमता पनि उच्च रहेको छ ।

डुअल सिमकार्डयुक्त यो फोन एन्ड्रोइड ९.० पाई अपरेटिङ सिस्टमबाट चल्दछ । फोनमा ६.१८ इन्चको फूल एचडी प्लस डिस्प्ले रहेको छ । जसको एस्पेक्ट रेसियो १८:७:९ छ भने स्क्रिन टू बडी रेसियो ८६.५ प्रतिशत रहेको छ ।

यो स्मार्टफोनको डिस्प्लेको माथिल्लो भागमा डिस्प्ले नच रहेको छ भने तल्लो भागमा नोकिया लेखिएको छ । मेटल फ्रेमयुक्त यो स्मार्टफोनमा अक्टाकोर क्वालकोम स्नापड्रागन ७१० प्रोसेसर रहेको छ । यसमा २.५ डी sJ8 ग्लासको प्रयोग गरिएको छ । ६४ जिबी इन्टर्नल स्टोरेजलाई माइक्रो एसडी कार्डमार्फत ४ सय जिबीसम्म बढाउन सकिन्छ ।

यो स्मार्टफोनमा डुअल रियर क्यामेरा सेटअप रहेको छ । कार्ल जाइस अप्टिक्सयुक्त रियर क्यामरामा एउटा १२ मेगापिक्सेलको प्राइमरी क्यामरा छ भने अर्को १३ मेगापिक्सेलको सेकेन्डरी क्यामरा । १२ मेगापिक्सेलको क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन, इलेक्ट्रोनिक इमेज स्टाबिलाइजेसन र डुअल एलइडी फ्लास जस्ता फिचर रहेका छन् ।

लञ्च गरिएको मोबाइलको मूल्य ५१ हजार नेपाली रुपैयाँभन्दा बढी रहेको बताइएको छ । एजेन्सी

प्रकाशित मिति : २०७५ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *