असार १६ । भारत सरकारले टिकटकसहित ५९ मोबाइल एप्लिकेसनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। चीनमा निर्माण भएको टिकटकसहित अन्य ५९ एप्लिकेसनहरुको डाउनलोडमा रोक लगाइएको हो।
भारतीय सरकारको सार्वभौमिकता र अखण्डतामा आँच ल्याउने किसिमका एप्लिकेसनलाई प्रतिबन्ध लगाएको बताएको छ। सोमबार एक सूचना जारी गर्दै उक्त निर्णय भएको जनाएको हो।प्रतिबन्ध गरिएका एप्लिकेसनहरूमा टिकटक‚ सेयरइट‚ क्वाइ‚ यूसी ब्राउजर‚ बाइडू म्यापलगायतका रहेका छन्।
प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार