२०८१ बैशाख ६ गते बिहिवार

अब फेसबुक म्यासेन्जरमा ५० बढीले एकै पटक भिडियोकल गर्न सक्ने

सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ। अहिले भइरहेको भिडियो कल सम्वन्धी फरक विषेशता सहितको भिडियो कल सेवा फेसबुकले शुरु गर्न लागेको हो। “म्यासेन्जर रुम” नाम दिइएको नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न सकिनेछ ।

सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिनेगरी म्यासेन्जर रुम बनाइएको छ। म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन। असिमित समयसम्म कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ।

सामुहिक भिडियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्दछ । निमन्त्रणा गर्दा फेसबुक आइडी नभएको व्यक्तिले पनि कुराकानी गर्न सकिने गराइएको छ।

भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको फेसबुकले दाबी गरेको छ। फेसबुकको यो नयाँ सेवा “म्यासेन्जर रुम” केही देशमा प्रयोग गर्न सकिनेगरी यसै हप्ता खुल्ला गरिने छ भने अन्य देशका लागि विस्तारै खुल्ला गर्ने तयारी गरिएको फेसबुकले जनाएको छ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *