काठमान्डौं, असोज २७ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समिति (इनास)को तेस्रो विश्व सम्मेलनबाट गीतकार लोकराज अधिकारी एसिया संयोजकमा चयन भएका छन । आइतवार काठमान्डौंमा भएको सम्मेलनले दाङ निवासी गीतकार अधिकारीलाई सर्बसम्मत एसिया संयोजकमा चयन गरेको हो ।
अधिकारी दुई दशकदेखि नेपाली गीत संगीतमा निरन्तर लागी परेका एक चर्चित सर्जक हुन । विश्वभरका ७२ भन्दा बढी देशमा सञ्जाल रहेको इनासले नेपाली कला साहित्य चलचित्र गीत संगीतको प्रबद्र्धन संगै सामाजिक कार्यहरु पनि गर्दै आइरहेको जानकारी दिएको छ । जस्ले सोमबार काठमान्डौंमा छैटौं इनास चलचित्र अवार्डको पनि आयोजना गर्दै छ । इनास को ग्लोबल अध्यक्षमामा भने अभिनेत्री कमला दाहाल सर्बसहमतिमा चयन भएकी छन ।
अध्यक्ष भएसँगै दाहालले काठमान्डौंमा इनासको आफ्नै भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन । सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा रामचन्द्र थापा, उपाध्यक्षहरुमा साबुगदाल कार्की, अर्जुन काफ्ले, भगवती बस्नेत, महासचिवमा मनिष कुमार श्रेष्ठ, सचिवमा हरि शर्मा, कोषाध्यक्षमा कुलराज थापा, युरोप संयोजकमा सन्तकुमार थापा, अष्ट्रेलिया संयोजकमा सुशिल चालिसे सर्वसहमतिमा चयन गरिएका छन् ।