२०८३ बैशाख ९ गते बुधवार

डा. किशोर खत्रीले थालेको सामुदायिक जुम्मा अभियानको पहिलो बार्षिक उत्सव (तस्बिरहरु)


तुलसीपुर, वैशाख ९ ।
तुलसीपुरका स्थानीय तथा बालरोग बिषेशज्ञ डा. किशोर खत्रीले थालनी गरेको निरोगिता सम्बन्धि सामुदायिक जुम्बा अभियानले बुधबार तुलसीपुरमा पहिलो बर्ष गाँठ मनाएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघको दोघरेस्थित सभा हलमा आयोजित कार्यक्रमका बक्ताहरुले ब्यक्ति– ब्यक्तिलाई स्वस्थ्य बनाउने तथा समाज निरोगी बनाउने डा . खत्रीको अभियानको सबैले प्रसंशा गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालले डा. खत्रीको ब्यक्ति बिषेश र समाजलाई निरोगी बनाउने उदेश्यले थालिएको अभियानलाई निकै सकारात्मक कार्य भन्दै प्रसंशा गरे ।
तुलसीपुरका प्रतिष्ठित ब्यबसायी बिमल रिजालले डा. खत्रीले निस्वार्थ भावले निरोगी समाज निर्माण गर्ने अभियानका रुपमा अगाडि बढाएको भन्दै त्यसलाई निरन्तरा दिन आग्रह गरे । साथै उनले ब्यक्ति स्वएंम सचेत र आफ्नो लागि आँफै एक असल डाक्टर तथा ड्राइभर भएमा मात्रै निरोगी हुने बताए ।
नेपाली काँग्रेसका तुलसीपुर नगर सभापति सुरेश हमालले सामुदायिक जुम्मा र बिहानमा नियमित ब्यायम गर्नुपर्छ भन्ने असल भावना फैलाउँदै समाज निरोगी बनाउन भूमिका खेलेको भन्दै डा. खत्री र उनको टिमको प्रसंशा गरे ।
नेपाल पत्रकार महासंघकी दाङ शाखा उपाध्यक्ष नारायणी रजौरेले पछिल्लो समय मानिसको जीवन सैली र खानपानका कारण नसर्ने रोगहरु बाट मानिस ग्रसित हुँदै गएको भन्दै डा. खत्री लगाएतले टिमले थालनी गरेको अभियानले धेरै मानिसलाई नियमित ब्यायाम गर्ने बानीको बिकास गरेको बताइन ।
कोहलपुर नगरपालिकाकाका सामाजिक बिकास शाखाका कर्मचारी इश्वरीप्रशाद बिकले डा. खत्रीकै प्रेरणाले नगरपालिकाले दैनिक सामुहिक जुम्मा, योग लगाएतका कार्यक्रमहरु गरि समाजलाई निरोगी गराउने अभियान संचालन गरेको बताए । अभियानमा जोडिएकाहरुको आनीबानीमा निकै सकारात्मक बानीको बिकास भएको तथा त्यसबाट जीवनका लागि सकारात्मक उर्जा पैदा हुने गरेको बताए ।
डा. किशोर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव जयन्त उपाध्यायले गरेका थिए ।
कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमहरुपनि प्रस्तुत गरिएको थियो । सुशिल गन्दर्भको टिमले सांस्कृति प्रस्तुती राखेको थियो । थारु समुदायको नृत्यपनि प्रस्तुत गरिएको थियो । ब्यक्ति बिषेशले पनि नृत्यहरु प्रस्तुत गर्दै आपसमा रमाएका थिए ।
बर्ष गाँठको अबशरमा बुधबार बिहान तुलसीपुर – ९ दोघेरबाट सुरु भएको र्‍यालीले तुलसीपुर बजार परिकर्मा गर्दै गुम्ह्रा चोकमा पुगेर समापन भएको थियो । पछिल्लो डा. खत्री देशब्यापी रुपमा बिहानी हिडाइको महत्वका साथै सामुदायिक जुम्मा डान्सको महत्व बुझाउँदै अभियान संचालन गरि रहेका छन् । उनको अभियानको धेरै ठाउँहरुका स्थानीयले अनुसरण गर्दै आएका छन् । अभियानका कारण डा. खत्री चर्चित बनेका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *