२०८१ बैशाख १९ गते बुधवार

मंगलबार पनि सुनको मूल्य वृद्धि


काठमाडौं,चैत २७ । साताको तेस्रो कारोबार दिन मंगलबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य रुपमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला एक लाख ३६ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३६ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएकोमा महासंघले आजका लागि भने एक लाख ३५ हजार छ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन । महासंघले आज चाँदीको मूल्य तोलामा एक हजार सय ८५ रुपैयाँ निर्धारण भएको जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *