२०८३ बैशाख ११ गते शुक्रवार

कर्णाली डेभलपमेन्ट बैकको १६ औ शााखा विजौरीमा शुभारम्भ


यमकला भूसाल,
तुलसीपुर, जेठ १०। कर्णाली डेभलपमेन्ट बैकको १६ औ शााखा दाङको विजौरीमा शुभारम्भ गरिएको छ । नेपालगञ्ज प्रधान कार्यालय रहेको सुदुर तथा मध्यपश्चिमको पहिलो विकास बैकं कर्णाली डेभलपमेन्ट बैकको विहिवार १६ औ शाखा कार्यालयको विजौरीमा कारोवार शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बैकका कार्यकारी अधिकृत दिनेश कुमार रावतले बैकको स्थापनाको १५ औ वर्ष पुरा भई १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा १६ औँ शाखा विजौरीमा सञ्चालनमा आइ यस क्षेत्रका बासिन्दाहरुमा आफ्ना सेवाहरु विस्तार गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष मुकेश वलिले बैकको सफलताको शुभकामना व्यक्त गरेका थिए । यस क्षेत्रका जनताको सेवाका लागी बैकले सधै सेवामुखी भावले काम गर्न उनले अनुरोध गरेका थिए ।

कार्यक्रममा बैकका वरिष्ठ प्रबन्धक निरज बिक्रम शाह,विजौरी उद्योग वाणिज्य सघंका सदस्य बिदुरराज गौतम लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साथै सो अवसरमा बैकंका विभागीय प्रमुख लगाएत शाखा कार्यालय तुलसीपुर,घोराही र लमहीका शााखा प्रमखुहरुको समेत उपस्थिती रहेको थियो । कर्णाली डेभलपमेन्ट बैकले ए.टी.एम,मोवाइल बैकिङ्,एबिबिएस,रेमिटान्स लगाएतका बैकिङ् सेवाहरु शाखा कार्यालयहरु मार्फत प्रदान गर्दे आएको जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *