२०८० फाल्गुन २० गते आइतवार

सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ ,माघ ८ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख १७ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ३ सय ९५ रुपैयाँ रहेको निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *