काठमाण्डौ ,जेठ २ । पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय २१ दशमलव ६० विन्दुमा पुगेको छ ।
आज बैंक र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य उकालो लागेको छ ।
आज दुई सय ६९ वटा कम्पनीको २० लाख ६३ हजार कित्ता शेयर ६४ करोड एक लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशत तथा हिमालयन ऊर्जा विकास कम्पनी र मायाखोला जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै माईखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार