२०८३ असार ३० गते मङ्गलवार

सुनको मूल्य तोलामा १०० रुपैयाँले घट्यो

काठमाडौँ ,बैशाख १४ । नेपाली सुनचाँदी बजारमा‍ बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार १०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बुधबार छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार २०० रुपैयाँ निर्धारण भएको थियो। बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ।

बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ।

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *