२०८२ मङ्सिर २४ गते बुधवार

४३ अङ्कले बढेको शेयर बजारमा हरियाली,डेढ अर्ब रुपैयाँको कारोबार

काठमाण्डौ ,कात्तिक २० । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४३ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय २८ वटा कम्पनीको ३९ लाख १३ हजार कित्ता शेयर एक अर्ब ५४ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेस्डो लघुवित्त कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेस्डो लघुवित्त र उपकार लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

नबिल इक्युटी फन्ड र आरबीबी म्युचल फन्डको शेयर झण्डै साढे २ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *