
दाङ, साउन १९ ।
रोल्पाबाट तुलसीपुर तर्फ आउँदे गरेको यात्रु बहाक जिप मंगलबार दिउँसो मध्यान्ह तिर दुर्घटना हुँदा नौं जना घाइते भएका छन् ।
घाइतेहरुमा रोल्पा गंगादेव गाउँपालिका – १ का जिपका सहचालक २४ बर्षीय चित्रराम वली गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको माडी गाउँपालिका – १ जबाङदमुरीका २५ बर्षीय पृथ्वी पुन मगरको अवस्था मध्यम छ । घाइतेलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका लागि पठाइएको रोल्पा प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परि अन्य सात जना गंगादेव – १ गोठिखोलाका ४१ बर्षीय धर्मराज डाँगी, ७७ बर्षीया सपुरी डाँगी, २३ बर्षीय पलबहादुर घर्ती मगर सामान्ने घाइते छन् ।
त्यस्तै जिल्लाको त्रिवेणी गाउँपालिका – ७ की २८ बर्षीया मनिका डाँगी, उनका ४ बर्षीय छोरा प्रदिप डाँगी , सोही वडाका गाडी धनी २८ बर्षीय हरि वली र छिमेकी देश भारत मोतिहारी जिल्ला घर भइ कवाडी खरिद गर्ने २५ बर्षीय सन्तोष सहनीपनि सामान्ने घाइते भएका छन् ।
रोल्पामा प्राथमिक उपचार पछि सबै घाइतेलाई दिउँसो २ बजेतिर तुलसीपुरस्थित प्रादेशिक अस्पतालका लागि पठाइएको प्रहरीले जनाएको छ ।
मध्यान्ह १२ बजेतिर रोल्पाको गंगादेव– १ भुर्तीबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु १ ज १७४३ नम्बरको जिप त्रिबेणी गाउँपालिका – ५ हान्जाबाङमा अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनाको खबर पाउना साथ प्रहरी चौकी जुँगारबाट प्रहरी सहायक निरीक्षक खेमराज पौडेलको कमाण्डामा खटिएको ४ जनाको प्रहरी टोलीलले घाइते यात्रुको उद्धार गरि उपचारका लागि स्वास्थ्य चौकी जुँगार पुर्याएको थियो ।
गंगादेव – १ का चालक २२ बर्षीय दिलकुमार वली प्रहरी नियन्त्रणमा छन् । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
