काठमाडौँ,असोज २५ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेश्रो कारोबारमा पुन ःओरालो लागेको छ।
मंगलबार सेयर बजार परिसूचक १६.०६ अंकले घटेको हो ।
आइतबार ४५ अंकले बढेको बजार सोमबार २७ अंकले घटेको थियो । मंगलबार बजार ओरालो लाग्दा समग्र बजार परिसूचक १८५५.१६ मा झरेको छ।
यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३.२१ अंक घटेर ३६३.६३ अंकमा झरेको छ।
बजारसँगै कारोबार रकममा उल्लेख्य गिरावट आएको छ। आज ५५ करोड २७ लाख १२ हजार ८ सय ८५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। साताको सुरुवातमा ८३ करोड रहेको कारोबार सोमबार ९७ करोडको कारोबर भएको थियो ।
यस्तै १७ लाख ६७ हजार ६ सय ९२ कित्ता सेयर १२ हजार २ सय ९३ पटकमा खरिद बिक्री भएको थियो ।
उप–समूहतर्फ ट्रेन्डिङ, होटेल एण्ड टुरिजम तथा म्युचुअल फण्ड बाहेकका समूहको सेयर मूल्य घटेको छ।
बजार घट्दा मंगलबार कारोबार भएका जम्मा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको छ।
समिट लघुवित्त वित्तिय संस्था, अभियान लघुवित्त, सिटिजन म्युचुअल फण्ड, रुरु जलविद्युत परियोजना ,स्वेत गंगा हाइड्रोपावर लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् ।
आज समिट लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ।
