२०८२ असार ४ गते बिहिवार

झन्डै २५ अङ्कले घटेर शेयर बजार राताम्मे,२ अर्ब ७३ करोड रुपैयाँको कारोबार

काठमाण्डौ,साउन ३१ । लामो समयपछि हिजो सोमवार बढेको शेयर बजार आज मङ्गलवार फेरि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ४१ दशमलव शून्य ६ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २१ वटा कम्पनीको ६४ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ७३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको चार करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज युनिलिभर नेपाल, दोर्दी हाइड्रो र पञ्चकन्यामाई हाइड्रोको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि अपर हेवाखोला हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *