२०८२ चैत्र ३ गते मङ्गलवार

हप्ताभरि शेयर बजार बढ्याे, काराेबार रकममा पनि सुधार

काठमाण्डौ,कात्तिक ११ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार १३ अङ्कले बढेको छ । नेप्से १३ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार सात सय ८२ दशमलव १६ विन्दुमा पुगेको छ ।

आज विकास बैंक समूहको शेयर ५० अङ्कले, हाइड्रोको ६५, फाइनान्सको १३, अन्यको ४७ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ३० अङ्कले बढेको छ । आज निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै ८७ अङ्कले घटेको छ ।

आज दुई सय २२ कम्पनीका ९२ लाख ३६ हजार कित्ता शेयर पाँच अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज रिडी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावरको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । आज एनएमबी हाइब्रिड फन्डको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसैबीच यो हप्ताभरि नै शेयर बजार बढेको छ । गएको बिहीवार १४ अङ्कले घटेर दुई हजार पाँच सय ५६ अङ्कमा झरेको नेप्से त्यसपछि गएको आइतवारदेखि लगातार पाँच दिन बढ्दा दुई हजार सात सय ८२ विन्दुमा आइपुगेको हो ।

यो हप्ता कारोबार रकममा पनि सुधार भएको छ । गएको हप्तासम्म कारोबार रकम तीन अर्ब पनि पुग्न नसकेकोमा यो हप्ता कारोबार रकम ५–६ अर्ब रुपैयाँसम्म पुगेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *