२०८३ असार २८ गते आइतवार

नेप्से परिसूचक लगातार घट्दो क्रममा

काठमाडौं,कात्तिक २ । ब्याजदर बृद्धिको असर मंगलबार पनि शेयर बजारमा देखिएको छ ।

मंगलबार कारोबार खुला भएको १० मिनेटमा नै शेयर कारोबार मापक नेप्से परिसूचक ३४ अंकले घटेको छ ।

दशैं बिदा पछि बजार खुलेको पहिलो दिन आयतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो । दोस्रो दिन अर्थात सोमबार भने बैंकहहरुले ब्याजदर बढाएको सूचना बाहिर आयो । यसको असर बजारमा राम्रै देखिएको छ ।

सोमबार करिब ७० अंकले घटेको परिसूचक मंगलबार पनि कारोबार खुला भएसँगै ओरालो लागेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *