काठमाडौं,भदौ २७ । नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ।
आइतबार सुन तोलामा ४ सयले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ थियो।
तेजावी सुनको मूल्य ८९ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। शुक्रबार तेजावी सुन ९० हजार २ सयमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार