तुलसीपुर, भदौ ७ । स्वरोजगार र आयआर्जनमा महिलाहरु अग्रसर हुन थालेका छन् । घरपरिवारको ब्यबस्थापन गर्ने र चुलो चौका मात्र गर्ने महिलाहरु पछिल्लो समय सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् ।
बिगतमा महिलाहरुले सामान्य सघाउने र ब्यबसायमा पुरुषले मात्र कारोबार गर्ने एक किसिमको प्रचलन जस्तै थियो । तर, पछिल्लो समय आधा आँकाश ओगेटेका महिलाहरु पनि बिभिन्न पेशा ब्यबसायमा अग्रसर हुँदै गएका छन् ।
हाल तुलसीपुरमा २ हजार व्यवसायी मध्ये ४ सय ६० महिला व्यवसायीहरु रहेका छन् ।
तुलसीपुर उद्योग बाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराईले तुलसीपुर उद्योग वाणिज्य संघमा महिला व्यवसायीले आफ्नो नाममा ब्यबसाय दर्ता गर्नेको चाप दिनप्रतिदिन बढदै गइरेहेको जानकारी दिए । पुर्वमा हापुर खोलादेखि पश्चिम हापुरे शान्तिनगर आसपासका महिलाहरु उद्योग वाणिज्य संघमा आवद्ध हुने क्रम दिनानुदिन बढ्दै गएको छ । यो भनेको पछिल्लो समय महिलाहरु व्यवसाय तिर बढी मात्रामा आर्कषित बनेको प्रमाण हो ।
आफ्नो नाममा पसल दर्ता गर्दा पसलको मालिक आफैं हुने, अरुमा निर्भर नहुने र आफु आत्मनिर्भर हुने भएकाले व्यवसाय क्षेत्रमा महिलाको आर्कषण बढेको छ ।
महिलाहरुले घरेलु उद्योगमा पसल दर्ता गर्दा राजस्वमा छुट्, विना धितो १५ लाख ऋण दिने र दिएको ऋण रकमको ४ देखी ५ प्रतिशत मात्र व्याज तिर्नु पर्ने भएकाले निम्न आय भएका महिलाहरु पनि व्यवसाय गर्न अग्रसर बन्दै गएको भट्टराईको तर्क छ ।
थोरै भन्दा थोरै व्याजदरमा विना धितो रिण निकालेर व्यवसाय गर्दा महिलाहरु आत्मनिर्भर हुने, घरेलु हिंसा कम हुने, बातारण सहज हुने महिला व्यवसायी प्रकृती डाँगीले बताइन ।
महिलाहरु आफ्नो व्यवसायको मालिक आफैं बन्दा स्वाभलम्बी बन्न सहज भएको छ ।
व्युटी पार्लर सञ्चालन गर्दै आउनु भएकी बिमला बुढा मगर पनि जति धेरै महिलाहरु लगानी लगाउन सक्छन् उति नै समाज रुपान्तरमा सहज हुने बताउँछिन ।
सबैलाइ महिला व्यवसायीले अझैंपनि विना धितो सस्तो व्याजमा ऋण पाउँछन् भन्न्ने कुरा थाहा नपाउँदा केही समस्या रहेको उनको बुझाई छ ।
महिलाहलाई व्यवसायमा अब्बल बनाउन वाणिज्य संघमा महिला उद्यमी संघ गठन भएको छ । संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश , स्थानीय निकाय वडा, गैर सरकारी संस्था लगाएतकाले महिलालाई बढी भन्दा बढी व्यवसायमा निखारता ल्याउन र आर्कषण गर्न विभिन्न तालिम दिने गरेको छ ।
हाल तुलसीपुर क्षेत्रमा कस्मेटिक, व्यूटीपार्लर, बुटिक फेन्सी जस्ता ब्यबसाय गर्ने महिलाहरुको संङख्या बढ्दै गएको छ । महिला ब्यबसायमा लाग्दा घर परिवारमा आर्थिक उन्नति हुनुको साथै घरेलु हिंसाका घटनाहरु समेत न्यूनिकरण भएको जानकारहरु बताउँछन् ।