काठमाडौं,भदौ ४ । एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ ।
गत साता तोलामा ९० हजार रुपैयाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय रुपैयाँ पुगेको हो ।
गत शुक्रबार ८९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।
आज बिहीबारको तुलनामा तोलामा ४ सयले बढेर छापावाल सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ पुगेको छ ।
यस्तै तेजावी सुनको भाउ ९० हजार ७ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।
बिहीबार ११ सय ८० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११ सय ९५ रुपैयाँ तोकिएको छ ।
यो साता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि देखियो । तोलामा कम्तीमा ११ सय ८५ देखि अधिकतम् १२ सय ५सम्ममा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
