२०८२ कार्तिक २४ गते सोमवार

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

काठमाडौं,साउन २७ । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ ।

केही दिनदेखि निरन्तर आरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हवार ८ सय रुपैयाँमा आइपुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर नेपालमा पनि देखिएको हो ।

आजका लागि महासंघले तेजावी सुनको भाउ ८८ हजार ३५० रुपैयाँ कायम भएको छ ।

मंगलबार ८८ हजार ७५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । बधबार चाँदीको प्रतितोला मूल्यमा पनि गिरावट देखिएको छ ।

मंगलबारभन्दा तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *