२०८१ चैत्र ४ गते सोमवार

सानिमा लाइफ इस्योरेन्सको आईपीओ खुल्यो

साउन २० । सानिमा लाइफ इस्योरेन्सको सर्वसाधारणका लागि साधारण सेयर निष्कासन खुला भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले आज बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हो ।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले कुल ६० लाख कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्न लागेको हो।

जसमध्ये ३ लाख कित्ता कर्मचारीलाई र ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुने भएको हो। कम्पनीको आइपिओ ५ लाख ४० हजारले १० कित्ताका दरले पाउने छन्।

सानिमा लाइफको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । २० गतेदेखि खुला हुने आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

संस्थालाई केयर रेटिङ नेपालले बीबीबी माइनस रेटिङ प्रदान गरेको छ। केयर कम्पनीलाई उत्कृष्टताका आधारमा एएएदेखि डीसम्मको रेटिङ प्रदान गर्दछ। जसमा एएएले सबैभन्दा राम्रो र डीले सबैभन्दा कमजोर स्तर जनाउँछ। सानिमा लाइफले पाएको रेटिङ औसतमा मध्यम राम्रो देखिन्छ।

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *