काठमाडौं,साउन ५ । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो ।
सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि घटेको छ ।
तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार