२०८३ असार ११ गते बिहिवार

बाँकेको सुधार गृहबाट भागेका ब्यक्ति रोल्पामा पक्राउ

दाङ, असार ११ ।
बाँकेको नौंबस्तास्थित बालसुधार गृहबाट भागेका एक जना बन्दी रोल्पाबाट पक्राउ परेका छन् ।
उनी रोल्पाको रुन्टीगढी गाउँपालिका – २ स्थित आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी बुधबार बेलुका ५ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक मनिष थापा र अस्थायी प्रहरी पोष्ट सुर्पालबाट प्रहरी सहायक निरीक्षक बलबहादुर परियारको नेतृत्वमा खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका ती ब्यक्तिलाई इलाका प्रहरी कार्यालय रोल्पा होलेरीमा राखिएको छ । उनलाई बाँके पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
कर्तब्य ज्यान मुद्दामा सुधार गृहमा पुगेका उनी २०८१ सालमा नौंबस्तास्थित सुधार गृहमा भएको तनाबका बीच मौका छोपेर भागेको प्रहरीले जनाएको छ ।
जस्लाई पक्राउ गर्न जिल्ला अदालत बाँकेले जिल्ला प्रहरी कार्यालय रोल्पालाई पत्राचार गरेको थियो ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *