डेढ लाख बढी नगद बरामद
दाङ, जेठ २२ ।
रुकुम पश्चिममा जुवाको खालबाट एक जना वडाध्यक्षसहित ६ जना बिहान २ बजे पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका –४ का वडाध्यक्ष ४७ वर्षीय नन्दराम बाँठासहित ६ जना डेढ लाख बढी नगद रकमसहित जुवा खालबाट पक्राउ परेका हुन ।
पक्राउ पर्ने अन्यमा त्रिवेणी – ५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती, सोही ठाउँका ३० वर्षीय शिव घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर, वडा नम्वर २ का ४० वर्षीय मनबहादुर बोहोरा र मुसिकोट नगरपालिका – ११ का ४८ वर्षीय कमल पुन रहेका छन् ।
जुवा खालबाट नगद एक लाख ६७ हजार १०५ रुपैंयाँ र तासहरु बरामद भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरिप्रशाद पुनले बताए ।
प्रहरी चौकी सिमरुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार बिहान २ बजेतिर पक्राउ गरेको थियो ।
त्रिवेणी गाउँपालिका –४ लामाखेतस्थित बिमलबहादुर खड्काको घरमा हारजित हुने गरि जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई शुक्रबार म्याद थपका लागि अदालत लैजाने प्रहरीले तयारी गरेको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार
