२०८३ बैशाख २७ गते आइतवार

एसईईको नतिजा एसएमएस,आईभीआर र वेबसाइटमा हेर्न सकिने


काठमाडौं ,बैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा एसएमएस,आईभीआर तथा वेबसाइटमार्फत सार्वजनिक हुने जनाएको छ।

कार्यालयले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।

कार्यालयले‍ जारी गरेको सूचनाअनुसार एसईई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस,आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको हो।

सूचनाअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस,युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ। यस्तै जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि एसएमएस सेवा प्रयोग गर्न सकिनेछ।

साथै अन्य प्राविधिक साझेदारमार्फत् विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत् पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।

यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका छन्। गत चैत्र १९ देखि २९ गतेसम्म एसईई परीक्षा सञ्चालन भएको थियो।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको छ। प्रधानमन्त्री वालेन्द्र नेतृत्वमा सरकारले एसईई सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो।

सोही निर्देशन अनुसार बोर्डले नतिजा प्रकाशनको तयारी तीव्र पारेको हो।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *