२०८३ बैशाख २९ गते मङ्गलवार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौ,२८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा सार्वजनिक गरेको छ । एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए ।

जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दाङबाट यसबर्ष १३ हजार ९९८ जना विद्यार्थी सहभागी हुने भएका थिए । जिल्लाका ११६ सामुदायिक र १४४ संस्थागत गरी २६० विद्यालयबाट ६ हजार ६१८ जना छात्र र ७ हजार ३८० जना छात्रा गरि १३ हजार ९९८ जना विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *