२०८३ बैशाख १४ गते सोमवार

भारतलाइ हराउदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा

असार २५ । विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डले भारतलाइ दिएको २४० रनको लक्ष्य भारतले २२१ रनमै अलआउट भयो ।

भारतका लागि महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्डेले  र रिषभ पन्तले समान ३२ रन र रवीन्द्र जडेजाले ७७, जोडे पनि टिमलाई जिताउन सकेनन् ।

सुरुवातमा रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुल समान १–१ रनमा आउट भए । रवीन्द्र र धोनीले ११६ रनको साझेदारी गरे पनि भारतले खेल हारेको हो ।

१.३ ओभरमा रोहित एक रनमा आउट हुँदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट हुदा भारतको पाँच रन थियो । त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएसँगै भारत पूरै दबाबमा आएको थियो ।

बलिङतर्फ मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट लिए ।

यसअघि इंग्ल्यान्डको म्यान्चेस्टरमा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम लक्ष्य पाएको हो ।

६७ रन बनाएका रोस टायलर सात बनाएर आउट भए । उनी ९० बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भए । त्यसलगत्तै टोम लाथम पनि १० रनमा आउट भएपछि न्युजिल्यान्डले ठूलो स्कोर बनाउन सकेन ।

यसअघि मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेपछि यो खेल ‘रिजर्ब डे’ को लागि सारिएको थियो ।

खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।

प्रकाशित मिति : २०७६ असार २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *