२०८३ असार ७ गते आइतवार

नेकपा सचेतक चौधरी एसईईमा उत्तिर्ण, ल्याइन ग्रेड ‘बी’

फाइल तस्बिर

दाङ, असार १२ । नेपाल कम्युनिष्ट पार्टीकी सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी एसईई परिक्षामा उत्तिर्ण भएकी छन् । उनी ग्रेड ‘बी’ ल्याएर उत्तिर्ण भएकी हुन । चौधरी २.६५ प्रतिसत अंक प्राप्त गरेर उत्तिर्ण भएको उनका स्वकीय सचिव सञ्तोष दहितले जानकारी दिएका हुन ।

कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइई चैत्र दश गते विहान ८ बजेदेखि सुरु भएको परिक्षामा उनले तुलसीपुरस्थित सेन्टर मावि परिक्षा केन्द्रवाट परिक्षा दिएकी थिइन ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी ३८ वर्षीया सांसद चौधरीले सानोमा अरूको घरमा कम्लहरी बस्दा पढ्न पाइनन् । उनी झन्डै १८ बर्ष अरुको घरमा कम्लहरी बसेकी थिइन । शान्ताले गाउँकै मावि गोग्लीमा कक्षा ८ मा २ बर्ष अघि नाम लेखाएर अध्ययन थालेकी हुन ।

चौधरीले नियमित विद्यालय जान नपाएको हुँदा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा कक्षा १० मा भर्ना भएर खुल्लातर्फबाट एसइई परीक्षा दिएकी हुन ।

गत वर्ष सांसद शान्ता र उनकी १७ बर्षीया छोरी विनु चौधरीले एकै साथ एसइई परिक्षा दिएका थिए । विनुले काठमान्डौंको आरुवारीस्थित सृजना बाल बोर्डिङ बाट परिक्षा दिएकी हुन । शान्ताका छोरा अनिल चौधरी जेभियर्समा कक्षा १२ मा अध्यनरत छन् ।

सदनमा समेत शान्तालाई साथीहरुले औंठा छाप भन्ने र अपहेलना गर्न थालेपछि आँफुले शिक्षाको महत्व बुझेर पढ्न थालेको उनी बताउँछिन ।

कुनैदिन १८ बर्षसम्म कम्लहरी बसेकी शान्ता आफु जस्तै कम्लहरी मुक्ति अभियानमा होमिएपछि एकाएक चर्चामा आएकी थिइन । त्यो मुक्त आन्दोलनले उनलाई सामाजिक रुपमा मात्रै हैन राजनीतिक दुबै हिसावले स्थापित गराउन मद्दत गरेको थियो । मुस्किलले नामपनि लेख्न नसक्ने (अनपढ) शान्तालाई पूर्व नेकपा एमालेले पहिलो पटक २०६४ सालमा समानुपातिक सांसद बनाएको थियो ।

 

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *