२०८३ जेष्ठ १७ गते आइतवार

इन्धनको मूल्य बढयो


काठमाडौँ ,फागुन ४ । नेपाल आयल निगमले बिहीवार रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको छ। निगमले बिहीवार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको जानकारी दिएको हो।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ‚ डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।

निगमले खाना पकाउने (एलपी) ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन। निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूचीअनुसार भाउ समायोजन गरेको जनाएको छ।

आईओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलमा १ रुपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *