२०८३ बैशाख १२ गते शनिवार

२४ घण्टामा १३ जनामा काेराेना पुष्टि

काठमाण्डौ,चैत २६ । पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ५५ जनाको नमूना परीक्षण गर्दा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ४४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

अहिले नेपालमा ६ सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *