तुलसीपुर, २५ चैत । तुलसीपुर निवासी युवा व्यवसायी रेशम खड्काले विहिवार आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्,‘भो नलेखौं एयरपोर्ट चुनावी घोषणापत्रमा, जव सांघुरो एरपोर्टलाइ विस्तार गर्न सकिंदैन भने’ ।
मार्मिक व्यंग छ, स्ट्याटसमा चुनावमा एयरपोर्टलाइ भज्याउने नेतृत्वहरुलाइ । त्यति सानो काम पनि गर्न नसक्ने दाङका नेतृत्वबाट आम दंगालीले के आशा गर्ने । अहिले सन्चालनमा आएको एयरपोर्ट नाम मात्रको हो, सेवाकालागी होइन । कुनैपनि नागरीकले आकस्मीक रुपमा हवाइ सेवा चाहियो भने, अहिले तुलसीपुर— काठमाण्डौ हवाइ टिकट पाउन सक्ने अवस्था छैन ।
वाह्रजना बोक्ने सानो विमानको एक महिना अघिनै हाउसफुल भैसक्छ । सघन उपचार चाहिने विरामी काठमाण्डौ लैजान पटक पटक हेलिकोप्टर चार्टर गर्न बाध्य छन् दाङबासीहरु । एउटा गतिलो हवाइ सेवा नभै कसरी सार्थकता पाउला प्रादेशिक राजधानीले भनेर यहां आउने आन्तरीक पर्यटकहरुले प्रश्न गरीरहेका छन् ।

हुक्क भएर अर्का तुलसीपुरबासी प्रेम बस्नेतले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्,‘दाङलाइ खुल्ला दिसा मुक्त गर्यौ, वालश्रम मुक्त घोषणा गर्न थालीसकेका छौं, अव हवाइ सेवा मुक्त दाङ भनेर घोषणा गर ।’ साघुरो विमानस्थलमा सानै जहाजले सेवा दिइरहंदा अत्वायस्यक बेलामा पनि हवाइ टिकट पाइदैन भने हवाइ सेवा चलिरहेको छ भन्नुको कुनै अर्थ रहंदैन ।
जति खोज्यो उति भेटिने छन् यस्ता सामाजिक सन्जालका स्ट्याटसहरु । किनकि हवाइसेवा विहिन दाङबासीले गाडि रिजर्भ गरेर भैरहवा र नेपालगन्ज एयरपोर्ट पछ्याइरहेको झल्झल्ती स्मरण गरीरहेका छन् । नेताहरुले एयरपोर्टका कुरा गर्दा पनि नागरीकले यसलाइ अराजनितिका रुपमा लिने गरेका छन् ।

विसं २०११ शालदेखि सन्चालनमा आएको टरीगाउ विमानस्थ्लको एक पटक स्तरबृद्धि भएपनि ठुला जहाज अवतरण हुन सक्ने गरी हुन सकेन । धावनमार्ग जम्मा ७ सय ५० मिटर लम्वाइको छ । यसलाइ बढाएर १२ सय ५० मिटर पु¥याउन सकेमात्र यहां ४२ सिट सम्मका ठुला जहाज ल्याण्ड गर्न सक्ने छन् ।
अन्यथा सानो जहाजले दिएको हवाइसेवाले दाङबासीको हवाइ सपना पुरा गर्न नसकेको स्थानियबासीहरुले बताएका छन् । मुलुकमा तीनै तहका निर्वाचन नजिकिंदै गर्दा दाङबासीले यहांका राजनेताहरुलाइ एयरपोर्टमा अराजनिति नगर्न चेतावनी पनि दिएका छन् ।
लुम्विनी प्रदेशका संस्थापक मुख्यमन्त्री, स्थानिय नेता तथा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले टरीगाउ विमानस्थल नेपाली कांग्रेसले बनाउन नदिएको बताएको भोलिपल्ट तुलसीपुर निवासी अरुण लहरेले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, एयरपोर्ट कांग्रेसले रोक्यो रे, त्यसो भए चारलेन सडक कसले बनाउन नदिएको त?
दुइ बर्ष अघिनै विसं २०७६ मंसीर ८ गते सन्चालनमा आइसकेको सव्जीमण्डिको उद्घाटन गर्दै संस्थापक मुख्यमन्त्रीले यस्तो अभिव्यक्ति दिइरहंदा नेकपा एमालेका महासचिव जस्तो गरीमाको पदमा पदाधिन व्यक्तीले एयरपोर्ट बनाउन कांग्रेसले दिएन भन्नु आफैमा पनि लज्जास्पद छ ।

किनकि एमाले नेतृत्वको नेकपा सरकारले चालु आर्थिक बर्षको बजेट बनाइरहंदा तुलसीपुर एयरपोर्टका विषयमा चर्चा गर्दा तात्कालिन नेकपा एमालेका सांसद हिराचन्द्र केसीले मुख्य मन्त्री पोख्रेलको खप्की खानुपरेको थियो । पोख्रेल त्यो वेला लुम्विनी प्रदेशका मुख्य मन्त्री मात्र होइन, प्रधानमन्त्री केपि ओलिका पनि एक नंवरमा पर्ने पृय पात्र थिए ।
एरपोर्टमा बजेट नपार्न पनि तात्कालिन नेकपा सरकारको मुख्य भुमिका थियो भन्ने सांसद हिराचन्द्र केसीले पटक पटक दिएका अभिव्यक्तिले पनि पुष्टि गरेका छन् । त्यहि ताका संस्थापक मुख्यमन्त्री पोख्रेलले तुलसीपुर एयरपोर्टको स्तरोन्नतीलाइ थाति राखेर नारायणपुरमा क्षेत्रीय स्तरको विमानस्थलको विषयमा वकालत गरीरहंदा उनको तुलसीपुरमा निकै टिकाटिप्पणि पनि हुने गरेको थियो ।
अहिले सव्जीमन्डीको उद्घाटनलाइ बेतुकका रुपमा हेरीएको छ । ‘यो समयमा त संस्थापक मुख्यमन्त्री आएर लमही—घोराही—तुलसीपुर चारलेन सडकको उद्घाटन गरेको हुनुपथ्र्यो, तर चारलेन कसले रोक्यो, कसले काम गर्न दिएन, कसले काम गरेन भन्ने विषय एमालेले ढाकछोप गरीरहनै पर्नेछैन, किनकि यसका विषयमा जानकारी छताछुल्ल भैसकेको छ’—तुलसीपुरकै एक जना नागरीक अगुवाले भने ।
संस्थापक मुख्यमन्त्री पोख्रेल मात्र होइन, नेकपा माओवादी केन्द्रका प्रभावशाली तेता कृष्ण वहादुर महरालाइ पनि वाजागाजा साथ एयरपोर्टमा स्वागत गर्दा भनेका थिए, यहि आर्थिक बर्षमा यो विमानस्थलको धावनमार्ग विस्तारकालागी डिपिआर गरी बजेट समेत विनियोजन हुने छ । तर भएन । वर्तमान अर्थमन्त्री जनार्जन शर्मा पनि टरीगाउ विमानस्थलमा अराजनिति गरीरहेका छन् ।
‘यहां तपाइलाइ के भन्नुहुन्छ, थाहा छैन, तर उहां(अर्थमन्त्री) जनार्दन शर्माले रोल्पामा व्यवसायीहरुमाफ तुलसीपुर विमानस्थल विस्तारमा जटिल प्राविधिक समस्या छ भन्नु भा छ’, तुलसीपुर उद्योग वाणिज्यसंघको साधारणसभामा शुभकामना मन्तव्य दिने क्रममा नेपाल उद्योग वाणिज्यसंघका केन्द्रिय सदस्य तथा रोल्पा उद्योग वाणिज्यसंघका पुर्व अध्यक्ष किशोर आचार्यले स्पष्ट पारेका थिए ।
कांग्रेस नेता डिल्ली वहादुर चौधरीले पनि एयरपोर्ट स्तरबृद्धिका विषयमा निकै आश्वासन बाडे । ‘यो माघि बनाउन प्रधानमन्त्री देउवा धावनमार्ग विस्तार सहितको योजना लिएर यहि विमानस्थलमा ल्याण्ड गर्दै हुनुहुन्छ ।’, तर खोइ देउवा आएको । देउवा आएनन् मात्र होइन, परीमार्जित बजेटमा पनि टरीगाउ विमानस्थललाइ सुन्य सम्वोधन भयो । तर अनर्गल प्रचारहरु हावि भए कहिले ५५ करोड, कहिले कहिले ५ करोड त कहिले ५५ लाखका फेसबुके सुचनाहरु चुहाइए ।
खासमा यो आर्थिक बर्षमा टरीगाउ विमानस्थल स्तरोन्नतीको बजेट भनेको तुलसीपुर उद्योग वाणिज्यसंघले थालेको खुत्रुकी अभियान मात्रै हो । त्यो खुत्रुकिमा कति पैसा उठेको छ? जानकारी कसैले खोजेको छैन, तर अभियान आफैमा व्यंगात्मक मात्र नभएर नेतृत्वलाइ नैतिक दवावका लागी पनि हो ।
जनताले एयरपोर्ट विस्तारकालागी खुत्रुकी अभियानमा एक रुप्पे खसाउंदै गर्दा सरकारमा प्रतिनिधित्व गर्ने नेताहरुले बजेटमा एरपोर्ट लेखाउन सक्ने हुनकि होइनन । खुत्रुकि अभियानका अभियन्ता तथा तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष राम प्रसाद चालिसे भन्छन्, बजेट ल्याउनु अगावै हामी यहि खुत्रुकि बोकेर पर्यटन तथा नागरीक उड्ययन मन्त्रालय र अर्थ मन्त्रालयमा डेलिगेशन जांदै छौं ।
मेरो यो निर्वाचनमा कुनै चाहना छैन, तर एयरपोर्ट विस्तार मात्रै मेरो अभियान हुने छ’, अध्यक्ष चालिसेले पत्रकार माझ भन्ने गरेका छन् । नागरीकहरु अवाक भैसकेका छन् ।
