२०८३ जेष्ठ १४ गते बिहिवार

घोराहीको प्रहरी स्कूलले भन्यो – १५ दिन भित्र जग्गा खाली गर


तुलसीपुर, जेठ १४ ।
घोराहीस्थित क्षेत्रीय प्रहरी आवासिय बिद्यालयले आफ्नो अतिक्रमण जग्गा १५ दिन भित्र खाली गर्न ताकेता गरेको छ ।
प्रहरी निरीक्षक तथा विद्यालयका समादेशक रामकुमार केसीले बुधबार सार्वजनिक सूचना मार्फत विद्यालयको नाममा रहेको साढे २१ बिगाहा जति क्षेत्रफलको जग्गा १५ दिन भित्र खाली गर्न समय तोकेका हुन ।
दाङको देउखुरीमा बिद्यालयको नाममा साबिक सोनपुर गाविस वडा नं. – ५ (ख) र हाल लमही नगरपालिका –३ सोनपुरको कित्ता नम्बर ४१४ को २१ बिगाहा ९ कठ्ठा ७ धुर (बर्गमिटरमा १४५३९१.४१) जग्गा अतिक्रमणमा परेको बिवरण सार्वजनिक गरिएको छ ।
सोही जग्गा भोगगरी जग्गा अतिक्रमण तथा कब्जा गरि बसेकाहरुलाई १५ दिन भित्र त्यो जग्गा खाली गर्न भनिएको छ ।

तोकिएको समयमा बिद्यालयको जग्गामा निर्मित घर टहरा लगाएत भौतिक संरचना नहटाएमा प्रहरी प्रशासनले आँफै हटाउने चेतावनी दिइएको छ । जेठ १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पुराजुलीले तुलसीपुर उपमहानगरपालिका – ५ स्थित प्रहरीको नामको जग्गामा निर्मित घर तथा संरचना हटाउन समय सीमा तोकेका थिए ।
तुलसीपुर नक्सा नं. ५ / घ कित्ता नं.२६८३ को क्षेत्रफल १८६८.४६ बर्ग मिटरको जग्गामा अनाधिकृत रुपमा निर्मित घर टहरा १५ दिन भित्र हटाउन भनिएको छ ।
दाङका तत्कालिन प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बैशाख १७ गते कार्यालयको अतिक्रमित जग्गा खाली गर्न समय सीमा तोकेका थिए । २१ दिनको समय सीमा तोकेर उनले घोराही उपमहानगरपालिका – १४ र १६ मा रहेको घोराही ७ ख कित्ता नं.६५१ को १३ बिगाहा १४ कठ्ठा ३ धुर क्षेत्रफलको जग्गा खाली गर्न भनेका थिए । तर, प्रशासनको जग्गा खाली गराउने प्रक्रिया अझैं सुरु भएको छैन ।

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *