२०८३ जेष्ठ ३१ गते आइतवार

३५ जना महिलालाइ प्याड बितरण


घोराही,चैत १४ । “प्रजनन स्वास्थ्यको सुरक्षा सेनेटरी प्याडले गर्छ महिलाको रक्षा” भन्ने उदेश्यका साथ आज सुनिता ट्र्स्ट फाउन्डेसनले घोराही ४ डाडागाउँमा प्याड बितरण गरिएको छ ।

फाउन्डेसनका अध्यक्ष आसमानी चौधरीको सभाअध्यक्षता तथा सस्तो किराना पसलका प्रोप्राइटर तथा समाजसेवी रजनी श्रेष्ठको प्रमुख आतिथ्य एंब राजधानी टोलका अध्यक्ष बुझौना चौधरीको बिशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी रजनी श्रेष्ठले महिलाहरुले आफ्नो स्वास्थसग जोडिएको सरसफाइ सम्बन्धि सानो सानो कुरामा मात्रै पनि ध्यान दिन सकेमा महिलाहरुको स्वास्थ्य राम्रो हुने बताइन ।

उनले महिलाहरुले घरमै बनेका प्याडहरु प्रयोग गरेपनी सरसफाइमा बिशेष ध्यान आबस्यक रहेको बताइन ।

यसैगरी कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष तथा सुनिता ट्र्स्ट फाउन्डेसनका अध्यक्ष आसमानी चौधरीले महिलाहरुको स्वास्थय राम्रो भयो भने महिलाहरु आर्थिक रुपमा पनि सक्षम हुने बताउदै प्रजनन स्वास्थ्य सङ जोडिएको महिलाहरुको यो कुरालाइ फाउन्डेसन मार्फत प्याड बितरण गरेर समुदायमा आगामी दिनहरुमा काम गर्दै जाने बताइन ।

यसैगरी कार्यक्रममा बोल्दै राजधानी टोलका सदस्य सीता चौधरीले सरकारले परिवार नियोजनका अस्थायी साधनहरु निशुल्करुपमा बितरण गरेजस्तै महिला संबेदनशिलता तथा प्रजनन स्वास्थ्य सङ जोडिएको महिनावारी हुदा प्रयोग हुने सेनेटरी प्याड निशुल्क रुपमा बितरण गर्नुपर्ने बताउनुभयो साथै सुनिता ट्र्स्ट फाउन्डेसनले समुदायमा आएर यसरी दिदीबहिनीहरुलाइ प्याड बितरण सङै यस्को प्रयोग तथा ब्यबस्थापन बारे जानकारी गराएकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा बोल्दै राजधानी टोलका अध्यक्ष बुझौना चौधरि ले आफ्नो टोलमा आएर महिला स्वस्थ्य सचेतना सम्बन्धि कार्यक्रम राखेकोमा खुसी सहित आगामी दिनमा पनि आफुहरुलाइ सहयोग गर्न अनुरोध गरेका थिए ।
त्यस अबसरमा ३५ जना महिलाहरुलाइ प्याड बितरण गरिएको थियो ।
ग्रामीण महिला उत्थान केन्द्र दाङका सूचना अधिकारी पार्बती बस्नेतको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण सुनिता ट्र्स्ट फाउन्डेसनका कार्यक्रम सहजकर्ता कमला शर्माले गरेकि थिइन ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *