२०८३ बैशाख १३ गते आइतवार

२४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ,फागुन २७ । पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने १८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

२४ घण्टामा १ लाख २६ हजार १ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ५२१२ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *