२०८३ साउन २२ गते शुक्रवार

उद्योग दर्ता पोहोर भन्दा अहिले बढ्यो,झन्डै दुई खर्ब रुपैयाँको लगानी प्रस्ताव

काठमाडौं,माघ २३ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वेदेशी र विदेशी गरी एक सय ५४ वटा उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार गएको आर्थिक वर्षको ६ महिनामा एक सय तीन वटा उद्योग दर्ता भएकोमा यो वर्ष साउनदेखि पुससम्म ५१ वटाले बढेर एक सय ५४ वटा पुगेका छन् । जसमध्ये ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन् ।

यी उद्योगमा एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । यसमध्ये ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव हो भने बाँकी स्वदेशी रहेको छ । गएको आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा ७२ अर्ब ६२ करोड रुपैयाँ प्रस्तावित लगानीका उद्योग दर्ता भएका थिए ।

साउनदेखि मङ्सिरसम्म दर्ता भएका एक सय ५४ वटा उद्योगले १३ हजार सात सय ४८ जनालाई रोजगारी दिने बताएका छन् । नेपालमा अहिलेसम्म उद्योगमा २४ खर्ब ७० अर्ब रुपैयाँ लगानीका उद्योग दर्ता भएका र यी उद्योगबाट ६ लाख ४२ हजार पाँच सय ४३ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

सरकारले पन्ध्र करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योग, १५ देखि ५० करोड रुपैयाँसम्म पुँजी भएकालाई मझौला र ५० करोड रुपैयाँभन्दा धेरै लगानी भएका उद्योगलाई ठूला उद्योग भनेर परिभाषित गरेको छ ।

प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *