तुलसीपुर,असोज १५ । स्थानीय सरकारले निर्माण गर्ने गरेका जेष्ठ नागरिकका लागि बनाईने ऐन कानून निर्माणमा जेष्ठ नागरिकहरुको सहभागिता हुनुपर्ने माग गरेका छन् ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस अक्टोवर १ अर्थात आज असोज १५ गते तुलसीपुरमा आयोजना गरिएको केशवराज झुपाकुमारी बृद्ध सेवा समितिको प्राङगण सरसफाई तथा अन्तरक्रिया कार्यक्रममा बृद्ध सेवा समिति जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारीले जेष्ठ नागरिकहरुको सहभागिता बिना बनाईएका ऐन नियम कार्यान्वनय समेत हुन नसकेको गुनासो गरे ।
जेष्ठ नागरिकहरुले माग गर्दै आएको सार्वजनिक सवारीका साधनको भाडामा ५० प्रतिशत भाडा छुट,नि ः शुल्क औषधिको उपलब्धता लगायतका बारेमा ३ वटै तहका सरकार गम्भीर हुन नसकेको बताए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले बृद्धबृद्धालाई राज्यबाट बिशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चीत गर्नुपर्ने बताए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सुशासन समितिका बिभागीय संयोजक निर्मल नेपालीले स्थानीय सरकारले बनाउने कानूनमा जेष्ठ नागरिक,महिला,बालबालिका,दलित लगायतको सहभागिता गराउनुपर्नेमा जोड दिए । उनले कानून निर्माण प्रक्रियामा सहभागिता करिव करिव सुन्य नै देखिएको पनि बताए ।
त्यसअवसरमा शान्ति समाजका बिभागिय संयोजक सम्झना डाँगी,बृद्ध सेवा समिति जेष्ठ नगारिक समाजका सचिब ईन्द्रबहादुर बुढाथोकी,पत्रकार बालाराम खड्का,अपाङ समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कँडेल लगायतले अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्र्दभमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजको गत मंसीरमा दाङको तुलसीपुरमा भएको राष्ट्रिय परिषद् बैठकको सन्र्दभमा गरिएका साता ब्यापी कार्यक्रम अन्तर्गत केशबराज झुपाकुमारी बृद्ध आश्रमको प्रङगणमा रोपीका बिरुवा र आसपासमा आज बिहीबार सरसफाई गरिएको थियो ।
बृद्ध सेवा समिति जेष्ठ नगारिक समाज र मानव अधिकार तथा शान्ति समाजका सहभागिहरुले सरसफाई गरेका हुन ।
शाखा सभापति शरद रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य शाखा उपसभापति तुलसीराम सुनार र धन्यबाद ज्ञापन सदस्य कमल डाँगीले रेका थिए भने सहजीकरण सहसचिब उषा गौतमले गरेकी थिइन ।
सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आबह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमाकुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेका छन् । नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ ।
अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाईसंरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको थियो । नेपालको संविधान९२०७२ को धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ, भनि उल्लेख गरिएको छ ।
