२०८३ भाद्र २८ गते आइतवार

मिनि पार्क निर्माण गर्दै क्वारेन्टाइनका स्वास्थ्यकर्मीहरु


तुलसीपुर, भदौ १६। एका बिहानै तुलसीपुर ११ स्थित उरहरि स्वास्थ्य चौकि बेल्टाकुराका स्वास्थ्यकर्मिहरु स्वास्थ्य चौकी परिसरमा पसिना पुछ्दै हस्याङफस्याङ गर्दै थिए । कोहि कुटाे कोदालो पकडेर खनखोरस गर्दै थिए भने कोहि इट्टा अनि माटाे बोक्दै थिए । सधै बिरामिहरुको सेवामा ब्यस्त हुने स्वास्थ्यकर्मिहरु मजदुर जस्तै कडा परिश्रम गर्दै गरेको यो दृश्य रोचक अनि फरक देखिन्थ्यो ।

एक जना स्वास्थ्यकर्मिमा कोरोना पोजेटिभ देखिएपछि गत ८ गते देखि शिल गरिएको यस स्वास्थ्य चौकिका स्टाफहरु अफिस क्वारेन्टाइनमा बस्दै आएका छन् । उनिहरु त्यहा बसे देखि नै स्वास्थ्य चौकि परिसरमा मिनि पार्क निर्माण गर्न जुटेका हुन् । उनिहरु आफै खाना पकाएर खान्छन् अनि बाकि समय स्वास्थ्य चौकि परिसरको सज्जावटमा ब्यस्त हुन्छन् । स्वास्थ्य चौकिमा कार्यरत ९ जना स्वास्थ्यकर्मिहरु ८ गते देखि अफिस क्वारेन्टाइनमा छन् भने १० गते कोरोना परिक्षणका लागि स्वाब दिएर रिपोर्ट पर्खिरहेका छन् ।

बिभिन्न समयमा रचनात्मक गतिबिधिमा सकृय भएर चर्चा बटुल्दै आएका यस स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिहरु अहिले आफ्नो स्वास्थ्य भन्दा आफु कार्यरत स्वास्थ्य चौकि परिसरलाइ सजिसजाउ बनाउन ब्यस्त छन् । अफिस क्वारेन्टाइनमा बसे देखि नै स्वास्थ्य चौकी परिसरमा मिनि पार्क निर्माण गरि बिभिन्न फुलहरु रोप्न ब्यस्त यि स्वास्थ्यकर्मीहरु आफु कार्यरत संस्थालाइ सबै प्रकारले उत्कृष्ट बनाउनु आफ्नो कर्तब्य सम्झिन्छन । स्वास्थ्य चौकिका इन्चार्ज चित्र वलिको नेतृत्वमा एच ए , सिएम ए, ल्याब असिस्टेन्ट अनि अन्य स्वास्थ्यकर्मिहरु क्वारेन्टाइनमा बसे देखि नै स्वास्थ्य चौकि परिसरलाइ सुन्दर अनि आकर्षक बनाउन मेहनत गरिरहेका छन् ।

बिरामीहरुलाइ स्वास्थ्य सेवाका साथै मानसिक रुपमा पनि मनोरञ्जनको बाताबरण निर्माणका लागि यो अभियान शुरु गरिएको इन्चार्ज चित्र वलीले बताए । काममा ब्यस्त हुदा मानसिक रुपमा पनि कोरोनाको ह्याङ हराउने भएकाले रिपोर्ट नाआउदा सम्म बिभिन्न रचनात्मक कृयाकलापमा ब्यस्त हुने सोच बनाएको वलिले बताए । स्वास्थ्य चौकिका एच. ए. यज्ञ बहादुर केसीले पनि आत्मसन्तुष्टि र स्वास्थ्य चौकिलाइ आकर्षक बनाउन क्यारि बनाएर बिरामिहरुलाइ मिनि पार्कको अनुभुति दिलाएर उर्जा थप्न मिनि पार्क निर्माणमा जुटेको बताए ।

उता कोरोना पोजेटिभ भएपछि कोरोना अस्पताल बेलझुन्डिको आइसोलेशनमा स्वास्थ्य लाभ गरिरहेका यस स्वास्थ्य चौकिका अ. हे. ब. खड्ग बिबस बस्नेतले आइसोलेशन भित्रको बेतिथि र स्वास्थ्यकर्मीको सहि रुपमा राज्यले मुल्यांकन गर्न नसकेको स्टाटस लेखेर चर्चामा आएका छन् । उनले लेखेको स्टाटसलाइ जोडेर विभिन्न स्थानीय तथा रास्ट्रिय स्तरका सन्चार माध्यमहरुले प्रार्थमिकताका साथ समाचार प्रकाशित गरेपछि सम्बन्धित निकाय कमिकमजोरी सुधारमा लागेको बताइन्छ ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *