२०८२ मङ्सिर २४ गते बुधवार

बोतल र जारको पानीको मूल्य घट्यो

काठमाण्डौ ,असोज २६ । सरकारले जार र बोतलमा बिक्री हुने पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकालेर पानीको नयाँ मूल्य तोकेको हो ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले अहिले बजारमा बिक्री भइरहेको भन्दा सस्तोमा जार र मिनिरल वाटर किन्न पाउने छ्न् ।

विभागले तोकेको नयाँ मूल्यअनुसार काठमाण्डौ उपत्यकामा एक लिटरको बोतलमा भरिएका पानीलाई बढीमा १६ रुपैयाँमात्रै लिन पाइने छ ।

यस्तै २० लिटरको जारको पानीलाई ४७ रुपैयाँ नयाँ मूल्य तोकिएको छ । अहिले काठमाण्डौ उपत्यकामा एक लिटर पानी भरिएको बोतलको २० देखि ३० रुपैयाँ र २० लिटरको जार ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

तोकिएको मूल्यभन्दा महँगोमा पानी बिक्री गरेमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ । यस्तै विभागले तोकिएको मूल्यभन्दा महँगोमा पानी नकिन्न उपभोक्तालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *