शरद रेग्मी,तुलसीपुर,भदौ २७ । त्रिद्देश्वरी राप्ती यातयात सेवा प्रा.लि.ले दशैलाई मध्यनजर गर्दै स्तरीय बसहरु सञ्चालनमा ल्याएको छ ।
पश्चिम नेपालको सबैभन्दा पुरानो र तत्कालिन राप्ती समितिले यस अघि एसि,डिलक्स र ब्लु स्काई बसहरु काठमाडौं रुटमा सञ्चालन गर्दै आएको थियो ।
बदलिदो समयको माग अनुसार प्रा.लि.ले यस बर्षको दशै तिहार जस्ता चाडपर्बमा यात्रुहरुको सुबिधाका लागि नेपालमै पहिलो पटक युरो फोर,कुलर सहितको सेभेन स्टार डिलक्स बसहरु सञ्चालनमा ल्याईएको हो ।
प्रा.लिका अध्यक्ष शुरेस हमालका अनुसार काठमाडौं बाहेकका अन्य रुटहरुमा समेत नजिकिदै गरेको चाडपर्बलाई मध्यनजर गर्दै यात्रु मैत्रि बाताबरणमा आम यात्रुरुलाई घर सम्म ल्याउने बाताबरण मिलाउन निर्देशन दिइएको छ ।
हाललाई चार वडा सेभेन स्टार बसहरु थप गरिएको छ । यात्रुहरुको माग र चाप अनुसार अन्य बसहरु थप्दैजाने प्रा.लि.का प्रशासनिक सचिब प्रकाश भट्टले जानकारी दिए ।
दाङको तुलसीपुरबाट साझ ५ः४५ र काठमाडौं बसपार्कबाट प्रत्यकदिन ७ः१५ बजे सेभेन स्टार बसहरु छुटने तालिका मिलाईएको प्रालिका सञ्चालक प्रितमकुमार श्रेष्ठले जानकारी दिए ।