२०८१ बैशाख ७ गते शुक्रवार

बित्तीय चेतनासँगै शेयरबजारमा बढ्न थाल्याे महिला सहभागिता

काठमाडौं,असो १ । नेपालको पूँजीबजारमा महिलाको सहभागिता उत्साहजनकरुपले बढ्दै गएको छ ।

नेपाल पुँजीबजार लगानीकर्ताकी अध्यक्ष राधा पोखरेलका अनुसार शेयर बजारमा लगानीकर्ताको सहभागिता सधैँ एउटै रहदैन । शेयर बजार चक्रीय प्रणाली हो, त्यसैले फेरबदल भइरहन्छ ।

लगानीकर्तालाई आकर्षित गर्ने बजारसम्म पुग्दा लगानी कर्ताहरु नै निष्क्रिय हुने गरेको उनको भनाई छ ।

आफूसँग भएको थोरै–थोरै पूँजीबाट बजारमा लगानी गर्ने र त्यसको शेयर बिक्री गरी पूँजी निर्माण गर्नुपर्ने उनले बताए । त्यस्तै, दोस्रो बजारमा शेयर लगानी गरी आयआर्जन गर्ने, लगानीकर्ताको संख्या पनि यो क्षेत्रमा ठूलो रहेको अध्यक्ष पोखरेलले बताए ।

शेयर बजारमा महिलाहरू संख्यात्मक मात्रै होइन, गुणात्मक रूपमा बढेको देखिएको छ । शेयर बजारमा सधैँ एकनासको कमाइ नभए पनि लकडाउनजस्ता कारणले महिला र पुरुष दुवैका लागि आकर्षणको क्षेत्र बनेको उनले बताए ।

उनले आर्थिक गतिविधिमा पुरुषको बढी सहभागिता हुने नेपालमा महिलाहरूले नेपाली शेयर बजारमा संख्यात्मक मात्र नभइ गुणात्मक रूपमा आफूलाई स्थापित गर्दै जानु सकारात्मक कुरा रहेको बताए ।

सरकारले हरेक आर्थिक वर्षका लागि ल्याउने बजेटमा बैंक, मौद्रिक नीति, शेयर बजारसँग सम्बन्धित निकायले शेयर बजारलाई प्रभाव पार्ने गरेको उनको भनाइ छ ।

राष्ट्र बैंकले गर्ने नीतिगत सुधार तथा परिवर्तन, बैंक, वित्तीय संस्थाका सम्बन्धमा शेयरलगायतका कार्यले शेयर बजारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभाव पार्ने गरेको उनले बताए । ग्रामीण क्षेत्रका महिला भने अझै यस क्षेत्रमा आकर्षित हुने मौका नपाएको उनले बताए ।

नेपालमा ४३ लाख ४६ हजार ९२३ वटा शेयर खाता रहेको छ । ती मध्ये १८ लाख ३६ हजार ९४८ वटा डिम्याट खाता महिलाको नाममा छ । कुल डिम्याट खातामा महिलाको खाता ४२ प्रतिशत, कुल मेरो शेयर खातामा करिब ४५ प्रतिशत र दोस्रो बजारमा धितोपत्रको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा करिब ३१ प्रतिशत महिलाको सहभागिता रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका आइटी विभाग प्रमुख सुरेश न्यौपानेले बताए ।

उनका अनुसार गत वर्ष ३८.६ प्रतिशत रहेको खाता बढेर यो आर्थिक वर्षमा ४१.८२ प्रतिशतमा बृद्धि भएको छ। दुई महिनाको अवधिमा यो संख्या बढेर ४२ प्रतिशतसम्म पुगेको पनि बताए ।

 

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *