२०७८ बैशाख ४ गते शनिवार

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चैत २ मा सर्‍यो

विराटनगर,फागुन १९ । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्ता पछि धकेलिएको छ ।

फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए ।

बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना जारी गर्दै फागुन २० गतेका लागि बोलाइएको बैठक विशेष कारणले सरेको जानकारी दिएका छन् ।
उनका अनुसार अबको बैठक चैत २ गते सोमबार १२ः३० बजे बस्ने छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड माधव समूहले पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो । तर उक्त प्रस्तावमाथि अहिलेसम्म छलफल भएको छैन ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *