२०७७ मङ्सिर १७ गते बुधवार

तुलसीपुर–३ मा सामुदायिक प्रहरी साझेदारी समिति गठन 

बिमल गौतम
तुलसीपुर,मंसिर २८।
समुदायीक प्रहरी साझेदारी अवधारणा अन्तर्गत  तुलसीपुर–३ मा समुदायीक प्रहरी साझेदारी समिति गठन गरिएको छ । वडामा शान्ती सुरक्षा कायम गर्नुका साथै वडा स्तरमा सुरक्षा सचेतना अभिवृद्धि गर्न,आवश्यक क्षेत्र पहिचान गरी एक वडा एक कार्यक्रम सञ्चालन गर्न समिति गठन गरिएको वेलुवा प्रहरी चौकिका प्रहरी हादुर रावतले जानकारी दिएका छन् ।

समुदाय – प्रहरी वडा समितिको कार्य मासिक वैठक, वडास्तरका सरोकारवाला निकायहरु संग समन्वय र सहकार्य गर्ने, मेला, पर्वमा सूचना तथा समन्वयकेन्द्र सञ्चालनगर्न समन्वय गर्ने र सुरक्षाका साधन सडक बत्ती, सुरक्षागार्ड, सिसी क्यामेरा जडान गरि गाउँलाई सुरक्षा दिने लगाएतका रहेका छन् ।

तुलसीपुर वडा नं ३ का अध्यक्ष विर बहादुर बिकको संयोजकत्वमा रहेको समितिको सहसंयोजकमा प्रहरी सहायक निरिक्षक रावत रहेका छन  । त्यसैगरि सदस्यमा वडा सदस्यहरु, वडा सचिव, प्रहरी, सामाजिक संस्था, महिला सञ्जाल, आमा समुह, नागरिक समाजका प्रतिनिधिहरु, बिद्यालयका प्रधानाध्यापकहरु रहेका छन ।

प्रकाशित मिति : २०७५ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *