२०८१ बैशाख ७ गते शुक्रवार

लेखापढी व्यवसायीको अध्यक्षमा पौडेल

तुलसीपुर, २२ मंसिर । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाई समिति तुलसीपुर दाङको दोस्रो अधिवेसन बाट हरिलाल पौडेल निर्वाचित भएका छन् । सनिवार तुलसीपुरमा सम्पन्न निर्वाचनमा ४३ मत प्राप्त गरी पौडेल विजय भएका हुन् । उनका निकटतम प्रतिसप्रधि सेवकराज आचार्यले १९ मत प्राप्त गरेका थिए । त्यसैगरी सचिवमा विनोद न्यौपाने ४७ मत प्राप्तगरी विजय भएका छन् । सचिवमा अर्का प्रतिसप्रधि प्रदिपकुमार रेग्मीले १५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सदस्यहरुमा सुनिलकुमार आचार्य, ५५ मत, कुमार न्यौपाने र गिरीराज गौतमले ५४÷५४ मत नवराज लामिछाने ५३, हिरा वलीले ४४, सुमनकुमार रेग्मीले ३६ मत प्राप्त गरी विजय भएका छन् । त्यस्तै उपाध्यक्ष , कोषाध्यक्ष र सहसचिव भने निर्वारोध भएको निर्वाचन अधिकृत अमृत काजी शर्माले जानकारी दिएका छन् । उपाध्यक्षमा टोपेन्द्रराज आचार्य, कोषाध्यक्षमा टेकबहादुर खड्का र सहसचिवमा कालिबहादुर चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिएका छन् । इकाईमा ६७ सदस्यहरु रहेपनि ६२ मत खसेको थियो । जेष्ठ सदस्य शिवप्रसाद रेग्मीले पहिलो मत खसालेका थिए । त्यसैविच नवनिर्वाचित समितिलाई प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *