२०८१ मङ्सिर १७ गते सोमवार

शव भेटाउने प्रभुले ५ हजार पुरस्कार पाए

दाङ,मंसिर २० ।
केही दिन पहिले घोराही उपमहानगरपालिका १७ गुलरियामा रहेको कृतिम तालमा डुबेर मृत्यु भएका विद्यार्थी लक्ष्मण डिसीको शव निकाल्ने प्रहरी जवानलाई मृतकका परिवारले विहीवार सम्मान गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निबासी १८ वर्षीय लक्ष्मण डिसीको शव चारदिन पछि प्रहरी जवान प्रभु सुनारले फेला पारेका थिए । लक्ष्मणको शव खोजी गर्न कुलिनटार बाट गातोखोर समेत बोलाइएको भएपनि कसैले फेला पार्न सकेको थिएनन् ।

जिल्ला प्रहरी कार्यालय परिसरमै पुगेर सुनारलाई डिसी परिवारले प्रहरी जवान प्रभुलाई नगद सहित सम्मान गरेको हो । मृतकका परिवारले नगद ५ हजारसहित अविर र मालाले प्रहरी जवान सुनारलाई सम्मान गरेका थिए ।

त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले प्रहरीको मनोबल बढाउने गरी डाँगी परिवारले प्रहरी जवान प्रभु सुनारलाई सम्मान गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

घोराही उपमहानगरपालिकाले गुलरियामा निर्माण गरेको कृतिम तालमा मंसीर ९ गते डुबेका डिसीको शव चार दिन पछि प्रहरी जवान प्रभु सुनारले फेला पारेका थिए । बर्दिया घर भएका सुनार जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत छन् ।

यो पनि पढ्नुस 

लक्ष्मणको शव चारदिन पछि फेला पर्यो

आज रातभरमा तालको पानी पुरै सुकाउने तयारी

बेपत्ता युवा फेला पर्न नसकेपछि स्थानीयले नारावाजी गर्न थाले

दिनभर खोज्दा पनि बेपत्ता डिसी फेला परेनन्

तालमा डुवेका युवा खोज्न सेना परिचालन

प्रकाशित मिति : २०७५ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *