
दाङ, मंसिर १२ । चारदिन पहिले तालमा डुवेका एकजना किशोरको बुधवार विहान फेला परेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १८ वर्षीय लक्ष्मण डिसी आइतबार दिउँसो घोराही १७ गुलरिया स्थित तालमा डुवेका थिए । उक्त कृतिम ताल गतसाल मात्रै उपमहानगपरपालिकाले निर्माण गरेको थियो । बुधवार विहान सवा ८ बजेतिर हिलोमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए । डिसीको खोजीको लागि विहानै पानीमा पसेका तीन जना प्रहरीले डिसीको शव निकालेको प्रवक्ता घर्तीले बताए । तालमा डुवेका डिसीलाई यसअघि नेपाली सेना, प्रहरी लगाएत स्थानीयहरुले खोज्दापनि फेला पार्न नसकेपछि कुलिनटार बाट गोताखर समेत बोलाएर खोजी भएको थियो । मंगलवार दिनभर खोज्दापनि गोताखरले शव फेला पार्न सकेका थिएनन् ।
यो बीचमा मोटर र पम्पिङसेटको सहायताले तालको पानी फाल्नुको साथै तालको डिल समेत फोडेर पानी निकालिएको थियो । आइतवार दिउँसो साथीहरु संगै क्रिकेट खेलेपछि डिसी र उनका साथीहरु नुहाउन भनि तालमा पसेका थिए । त्यही क्रममा डिसीको डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । डिसीको शव फेला पर्न नसकेपछि प्रहरीले संगै क्रिकेट खेलका उनका साथीहरुलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
यो पनि पढ्नुस
आज रातभरमा तालको पानी पुरै सुकाउने तयारी
बेपत्ता युवा फेला पर्न नसकेपछि स्थानीयले नारावाजी गर्न थाले
दिनभर खोज्दा पनि बेपत्ता डिसी फेला परेनन्
तालमा डुवेका युवा खोज्न सेना परिचालन