२०८२ जेष्ठ ११ गते शुक्रवार

किसानका लागि तालिम सुरु


सल्यान, माघ २० ।कपुरकोटमा किसानका लागि तालिम सुरु भएको छ । कपुरकोट गाउँपालिका कृषि विकाश शाखाको आयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो । तालिममा विभिन्न कृषक समूहका ३० जना सहभागी छन् ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले कृषि संगै पशुपालन व्यवशायलाई संगसंगै लैजान आग्रह गरेका छन् ।

उनले अर्गानिक तरकारी उत्पादन गर्न किसानलाई आग्रह गरे । कम्पोष्ट मल उत्पादन गर्न पशुपालन ब्यवशाय अंगाल्न सुझाए ।

तालिममा अदुवा वालि अनुसन्धान कार्यक्रमका कृषि प्राविधिकहरु रमेश चौधरी, सुर्य भुसाल लगाएत कृषि विकाश शाखाका प्रशिक्षकहरुले बेमौषमी तरकारी खेति, नर्सरी व्यवस्थापन लगाएतका विषयमा प्रशिक्षण दिने छन् ।

त्यस्तै तरकारी बालिमा प्रयोग हुने विषादी, रोग किरा ब्यवस्थापन, एकिकृत शत्रुजिव व्यवस्थापन सम्बन्धी जानकारी दिइने भएको छ । साथै टनेल भित्र गोलभेडा खेति, लहरे वाली, सुन्तला खेति उत्पादन गर्ने विधि पनि सिकाइने भएको छ ।

प्रकाशित मिति : २०७६ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *